बालश्रम विरूद्धको अन्तर्राष्ट्रिय दिवसमा काँकरभिट्टामा विविध कार्यक्रम
मेचीनगर,

बाल श्रम विरूद्धकाे अन्तर्राष्ट्रिय दिवस साेमबार झापाकाे मेचीनगरमा विविध कार्यक्रम गरी मनाईएकाे छ । हरेक वर्षकाे जुन १२ तारीख विश्वभर याे दिवस मनाईन्छ । ” सामाजिक न्याय प्रप्तिकालागि बालश्रम अन्त्य” यसवर्षकाे नारा रहेकाे छ ।
एशियन हाईवेबाट घर घरमा जगाउनु छ, बाल मजदुरी हटाउनु छ, बाल श्रम विरूद्धकाे अन्तर्राष्ट्रिय दिवस सफल पाराै, मेहेनत मजदुरी नगराओैँ,सानाे हातमा कलम थमाओैँ, बालबालिका भविष्यका कर्णधार हुन् भन्ने नारा अंकित प्लेकार्ड सहितकाे र्यालीले काँकडभिट्टा बजारकाे मुख्य मुख्य भागकाे परिक्रमा गरी साेहि स्थानमा आएर काेणसभामा परिणत भएकाे थियाे ।
काेणसभाका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पाेखरेल उप्रेतीले बालश्रम अन्त्यकालागि सवैक्षेत्र एकजुट हुनुपर्ने बताउँदै बाल श्रम जधन्य अपराध रहेकाे र मेचीनगर नगरपालिकालाई बालश्रम मुक्त नगरकाेरूपमा घाेषणा गर्न गृहकार्य भईरहेकाे स्पष्ट पार्नुभयाे । यदि कहि कतै बाल श्रम भईरहेकाे थाहा हुन् साथ स्थानीय सरकार र प्रशासनलाई खवर गर्न उहाँले आग्रह गर्नुभयाे ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टा ,मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टा ,माइती नेपाल, साना हातहरू नेपाल, आफन्त नेपाल, विश्व सेवा विस्तार संस्था, साहसी महिला नेपाल, शक्ति समूह, नेपालकाे लागि आवजलगायतका संस्थाले संयुक्तरूपमा कार्यक्रम आयाेजना गरेका थिए ।
कार्यक्रमकाे ओैचित्य माथि प्रकाश साना हातहरू नेपाल काँकरभिट्टा शाखाका प्रमुख रमेश गुरूङले नेपालकाे कुल जनसंख्याको २७ दशमलव ४० प्रतिशत १४ वर्षसम्मका बालबालिका रहेकाे र एउटा तथ्यांकअनुसार २०२१/ २०२२ मा १५ दशमलव ३० प्रतिशत बालबालिकाहरू बाल श्रमिक रहेकाे जानकारी गराउनुभयाे ।
२०२१/२०२२ काे युनिसेफकाे तथ्यांकअनुसार १७ हजार बालबालिका इटाभट्टीमा कार्यरत छन् । मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पाैडेलकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन मेची सामुदायिक सेवा केन्द्र मेचीनगरका महासचिव खडानन्द भण्डारीले गर्नुभएकाे थियाे ।
र्यालीसहित कार्यक्रममा नेपाल, सशस्त्र र ट्राफिक प्रहरी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधि, सञ्चारकर्मी , अधिकारकर्मी लगायतकाे सहभागिता थियाे ।
