September 25, 2026

ढाका साडी बुनाई तालिम समापन

0

लक्ष्मी उप्रेती
मेचीनगर,

झापाको मेचीनगर नगरपालिका वडा नम्वर ५ को १ लाख ५० हजार रुपैयाँको बजेटवाट ४५ दिने ढाका साडी बुनाई तालिम समापन भएको छ ।

शिप सिकाएर आत्मनिर्भर वनाउँने उद्घेश्यले श्री गुराँस महिला समूह मेचीनगर ५ ले जनजागरण टोलमा आयोजना गरेको डेढ महिने तालिम सम्पन्न भएको हो । तालिममा वडाको विभिन्न टोलका चार जना महिलाको सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दैं प्रमुख अतिथि नगरउपप्रमुख मीना पोखरेल उप्रेतीले प्रशिक्षार्थिहरुले सिकेका शिपलाई व्यवहारमा लागु गरि व्यवसायिक वन्न आग्रह गर्नुभयो ।

तालिममा सहभागिले वडाले निःशुल्क तालिम दिएकोमा खुशी व्यक्त गरेकाछन् । उपप्रमुख उप्रेतीले तालिममा सहभागि प्रशिक्षार्थिहरुले तालिममा सिकेका शिपलाई व्यावसायिक प्रयोजनमा लगाउने प्रतिवद्धता व्यक्त गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आउँदा दिनमा स्थानीय सरकार मेचीनगर नगरपालिकाले महिला शिप विकास केन्द्र महिला पोली टेक्निकबाट थप उच्च तहका तालिम समेत प्रदान गर्ने बताउँदैं अब महिला परनिर्भर नभई आत्मनिर्भर बन्न जोड दिनुभयो । यस्ता तालिमले महिलाहरुलाई आयआर्जन गर्ने कार्यमा निक्कै सहयोग पुग्ने भएकाले आफ्नो शिपलाई व्यवहारमा निरन्तरता दिदै आउनुपर्ने बताउनुभयो ।

महिलाहरुले उत्पादन गरेका वस्तुहरुको आकर्षक बजार मूल्य प्राप्त नहुने हुँदा उत्पादन भएका वस्तुहरुलाई उचित बजारीकरण गर्नुपर्नेमा स्थानीय सरकार लाग्ने उपप्रमुख उप्रेतीको भनाई थियो । महिलाहरुको सिप विकासमा सहयोग हुँदै आएको र आगामि दिनहरुमा समेत सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले तालिम लिएका प्रशिक्षार्थीहरु संगठित भएर व्यावसायिक हिसावले लागे मात्र सिकेको शिप व्यवहारमा लागु गर्न सकिने सुझाव दिनुभयो । उहाँले ढाकाको माग उच्च रहेकोले शिप सिकेका प्रशिक्षार्थीहरुलाई जतिसक्दो उत्पादनमा लाग्न उत्साहित गर्नुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै वडाध्यक्ष कनकबहादुर कार्कीले वडाले आफ्नो कार्यकालमा महिला लक्षितका विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउँदैं दावी महिला लक्षित स्वास्थ्य, लेखा, उद्घोषण, ढाका बुनाई, सिलाईकटाई तालिम,कृषि तालिम, कम्प्युटर शिक्षा लगायतका तालिम आयोजना गर्ने बताउनुभयो । शिप छैन भने उ भोको हुन्छ भन्ने भनाईलाई आत्मसात गदै शिप सिकाएर आत्म निर्भर वनाउन यस्ता कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष कार्कीको तर्क छ ।

आयोजक संस्थाकी अध्यक्ष पार्वति कडेलको सभापतित्वमा भएको समापन समारोहमा उपप्रमुख उप्रेती, वडाध्यक्ष कार्कीले सहभागीलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *