September 25, 2026

ओरेक नेपालको ३२ औं वार्षिकोत्सव सम्पन्न

0

पथरीशनिश्चरे,

न्याय, समानता र सामाजिक न्यायको अभियानमा समुदाय स्तरमा विगत ३२ वर्षदेखि निरन्तर लागिरहेको महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ।

आईतबार कोशी प्रदेशकी सभामुख सृजना दनुवारले एक कार्यक्रमका बीच ३२ औ स्थापना दिवसको औपचारिक उद्घाटन गर्नुभएको हो। कोशी प्रदेशकी सभामुख सृजना दनुवारले सो कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गर्दै महिलाहरको सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म न्याय र समानताको पक्षमा ओरेक नेपालले पुर्याएको विशिष्ट योगदानका लागि धन्यवाद प्रकट गर्नुभयो।

उहाँले महिला अधिकारको संरक्षण र सम्बर्द्धनमा सदनमा आफुले सकरात्मक भूमिका निर्वाह गर्दै महिला हक अधिकार सुनिश्चित गराउनका लागि सक्दो सहयोग पुर्याउने विश्वास दिलाउनु भयो। सोहि अवसरमा ओरेककी संस्थापक अध्यक्ष डा. रेणु अधिकारीले एक भिडियो सन्देश मार्फत न्याय, समानता र सामाजिक न्यायको अभियानमा जोडिनु हुने सम्पूर्ण मानव अधिकारकर्मी , अभियन्ता , सहयोगी संस्था ,ओरेकका सदस्यहरु, पूर्व कर्मचारीहरुमा आभार सहित धन्यवाद प्रकट गर्नुभयो।

उहाँले सबैको सहयोग र ऐक्यबद्द्ताका कारण महिला पुनस्थापना केन्द्र (ओरेक) ले समुदाय तहमा विगत ३२ बर्षदेखि निरन्तर आफ्ना अभियानहरु संचालन गरि समुदाय स्तरमा सामाजिक न्याय र समानताका सवालहरुलाई स्थापित गर्दै आएको र आवश्यकतामा रहेका महिलालाई सहयोग गर्न सफल भएकोमा खुसी लागेको बताउनुभयो ।

विगत ३२ वर्षदेखि महिलाहरूको हक, अधिकार र न्यायिक कार्यको सवालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय तहसम्म काम गर्दै आएको उक्त संस्थाको अभियानका क्रममा लिइएका फाेटाेहरूको सङगालो प्रदर्शनी कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा मोरङ्गको जिल्ला समन्वय समितिको उपप्रमुख उषा झा (ठाकुर) , जिल्ला प्रशासन कार्यालय मोरङको सहायक प्रमुख जिल्ला अधिकारी ,राष्ट्रिय मानव अधिकार आयोगको प्रमुख तथा विभिन्न गैरसरकारी संस्था , कलेज , महिला फेडेसन , ओरेकको पुर्ब कर्मचारी ,ओरेकको साधारण सदस्य समेतको सहभागितामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *