September 13, 2026

मेची नदीले बगाएको युवकको शव भेटियो

0

भद्रपुर ।

मेची नदीले बगाएर बेपत्ता भएका युवकको शव मंगलबार बिहान भेटिएको छ ।

सोमबार दिउँसो साढे ४ बजे नदीले बगाउँदा बेपत्ता भएका भद्रपुर नगरपालिका–३ रंगिलाचोक निवासी भूपाल भुजेलका १९ वर्षीय छोरा सामुएल भुजेलको शव भेटिएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

भद्रपुर–५ स्थित नर्सिङ बगान नजिकैबाट मेची नदी पौडिएर भारत जान खोज्दा सामुएललाई नदीले बगाएको थियो । उनको शव घटनास्थलदेखि ७ किलोमिटर दक्षिण भद्रपुर- ३ दोभानमा आज बिहान साढे ७ बजे फेला परेको डीएसपी पाठकले बताए ।

सामुएलसँगै उनका साथी पनि गएका थिए। दुवै जना नदीमा पौडी खेलेर भारततर्फ जान लाग्दा एक जनालाई बगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *