October 1, 2026

भदौ पहिलो साता कृत्रिम हात खुट्टा जडान सिबिर

0

झापा,  भदौको पहिलो साता (भदौ ४ देखि ७ गते ) कृतिम हात खुट्टा जडान सिबिर सञ्चालन हुने भएको छ ।
भारतको सिलिगुढीस्थित श्याम मन्दिर नजिकै राष्ट्रिय मारवाडी फाउण्डेशनको राष्ट्रिय विकलाङ्ग सेवा केन्द्रको सभाहलमा शिविर सञ्चालन हुन लागेको हो । तीन दिनसम्म सञ्चालन हुने शिविरमा नेपाल सहित भारतका नागरिकले प्रत्यक्ष लाभ लिने बताइएको छ ।
मारवाडी युवा मञ्च सिलिगुडी शाखाको आयोजनामा निःशुल्क शिविरको आयोजना गरिएको झापाका व्यवसायी प्रविण अग्रवालले जानकारी दिए । हात या खुट्टा जस्तो महत्वपूर्ण अंग गुमाएर पनि आर्थिक अवस्था कमजोर या अन्य कुनै कारणले कष्टपूर्ण जीवन विताइरहेका नागरिक छन् भने सिविरमा सहभागी हुँदै लाभ लिन व्यवसायी अग्रवालले आग्रह गरेका छन् ।
नेपालबाट शिविरमा सहभागी हुँदै कृत्रिम अंग लिन जानेका लागि आउने जाने ,वाने र वस्नेको समेत निःशुल्क व्यवस्थापन गरिएको अग्रवालको भनाई छ । नेपाल र भारतका गरी झण्डै दुई हजार जनालाई निःशुल्क कृत्रिम अंग वितरणको तयारी भइरहेको मारवाडी युवा मञ्च सिलिगुडी शाखाका अद्यक्ष्य मनिष बजाजले बताएका छन् ।

नेपालका लागि सम्पर्क 
यज्ञराज अग्रवाल – 9804949449
ऋषभ मित्तल 9852647777
प्रवीण अग्रवाल 9801400005
भारतका लागि सम्पर्क 
मनिष बजाज :00919733002200
प्रवीण अग्रवाल: 00919339032549
आदर्श कन्दोई :0019531741830

Leave a Reply

Your email address will not be published. Required fields are marked *