October 1, 2026

मोरङमा आधारभूत प्रहरी कारवाही विधि विशेष तालिम

0

पथरीशनिश्चरे,

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वधानमा जिल्ला प्रहरी कार्यालय मोरङमा ६ दिने आधारभूत प्रहरी कार्वाही विधि विशेष घुम्ती प्रशिक्षण तालिम सम्पन्न भएको छ।

जिप्रका मोरङद्वारा गत १५ गतेदेखि संचालित प्रहरी हवल्दार तथा प्रहरी जवानका लागि उक्त तालिम संचालन भएको हो।

शुक्रबार तालिम समापनका अवसरमा आयोजित एक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोईरालाले प्रशिक्षार्थीहरूलाई बधाईका साथ कार्यक्षेत्रमा उच्च मनोवलका साथ कार्य सम्पादन गर्नको लागि आवश्यक निर्देशनसहित सफलताको शुभकामना समेत दिनु हुँदै प्रमाण-पत्र वितरण गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *