September 26, 2026

मोटरसाईकल चोरीमा संलग्न चार जना पक्राउ

0

पथरीशनिश्चरे,

विभिन्न मितिमा मोरङको विराटनगर महानगरपालिका क्षेत्रभित्रबाट चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राऊ गरेको छ।

विराटनगर महानगरपालिका वडा नं.-४ स्थित सामुदायिक मेडिकल हल अगाडी तथा सोहि वडामा रहेको नोवेल अस्पताल कम्पाउण्ड भित्र पार्किङ गरी राखेको ३ वटा मोटरसाइकल चोरीमा संलग्न भएकाहरुलाई मोरङ्ग प्रहरीले पक्राऊ गरेको हो।

विराटनगर महानगरपालिका वडा नं.-४ बस्ने २२ वर्षको नवीन माझी, सुनसरी दुहवी वडा नं.-९ बस्ने १८ वर्षको मोहमद सलाउदिन, सोहि ठाँउ बस्ने ३४वर्षको मोहमद नसुरदिन र विराटनगर महानगरपालिका वडा नं.-८ बस्ने २५वर्षको मोहमद हजरतलाई चोरीका मोटरसाईकल सहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो।

को ६ प ६८०२ नम्बरको डिस्कभर मोटरसाईकल प्र १ -०१०-१३ प ४५०७ नम्बर १५० सिसिको पल्सर मोटरसाईकल र नम्बर नखुलेको १५० सिसिको पल्सर मोटरसाईकल चोरी गर्ने ४ जनालाई मोरङ्गको जिल्ला अदालतबाट चोरी कसूरमा दिन ५ म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको मोरङ्ग प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *