September 26, 2026

श्रावणी पर्वको पहिलो सोमबारदेखि अर्जुनधारामा ‘ए एस मार्ट’को सेवा

0

अर्जुनधारा ।

झापा जिल्लाको ऐतिहासिक बजार शनिश्चरेमा यही साउन २ गते श्रावणी पवर्का पहिलो सोमबारदेखि अर्जुनधारा सपिङ मार्ट(ए एस मार्ट) सञ्चालनमा आउने भएको छ ।

अर्जुनधारा र बिर्तामोड नगरपालिकाका व्यवसायसँगै शिक्षा, स्वास्थ्य, समाजसेवालगायतका क्षेत्रमा आबद्ध १८ जना व्यवसायी तथा दुई वटा संस्था अरुणोदय साकोस र शनिश्चरे सुपारी सहकारी संस्थाको संयुक्त लगानीमा उक्त मार्ट सञ्चालनमा आउने भएको शनिबार आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।

ग्राहकहरुलाई एउटै छाना मुनिबाट उपयुक्त दरमा सम्पूर्ण घरायसी तथा उपभोग्य सामग्रीहरु बिक्री वितरण गर्ने तथा ऐतिहासिक बजार शनिश्चरे बजारको प्रबद्र्धनसँगै राष्ट्रिय अर्थतन्त्रमा योग्दान पु¥याउने उद्देश्यले मार्ट सञ्चालनमा ल्याउन लागिएको मार्ट सञ्चालन समितिका सचिव यदुनन्द दाहालले जानकारी दिए ।

प्रारम्भिक लगानी तीन करोड रुपैयाँको लागतमा झापाको अर्जुनधारा–८ शनिश्चरे बजारस्थित बुढाथोकी कम्प्लेक्समा सञ्चालन हुने उक्त मार्टमा कस्मेटीक, होम ग्लोरी, पूजा सामग्री, स्टेसनरी र दैनिक उपभोग्य घरायसी सामग्री पाइने मार्ट सञ्चालक समितिका अध्यक्ष एवम् अरुणोदय साकोसका अध्यक्ष ताराप्रसाद नेपालले बताए ।

अर्जुनधारा र बिर्तामोडसँगै छिमेकी जिल्ला इलामको दक्षिण भेगमा रहेका पालिकामा बसोबास गर्ने स्थानीयहरुलाई लक्षित गर्दै सञ्चालन हुने मार्टले १० जनालाई प्रत्यक्ष रोजगारी दिने बताइएको छ । त्यसैगरी मार्टले आगामी दिनमा निश्चित रकम सम्मको अर्डर लिई होम डेलिभरीको व्यवस्थापन गर्ने, विभिन्न चाडपर्वको अवसरमा उपभोक्तालाई फाईदा पुग्ने ‘कन्ज्यूमर स्कीम’लगायत सञ्चालन गर्ने बताइएको छ ।

मार्ट सञ्चालक समितिका उपाध्यक्षमा राजकुमारी शेर्पा, सदस्यद्वयमा प्रभाकर सोनी र भानु जोशी ज्ञवाली रहेका छन् । अन्य सञ्चालकहरुमा अनिता गोम्देन तामाङ, कञ्चना ढकाल सिटौला, टंक पोख्रेल, दीपेन्द्र सुब्बा, धु्रवकुमार पौडेल, पिताम्बर कोइराला, पुष्पप्रसाद ओझा, बालकृष्ण दाहाल, मिरादेवी भट्टराई, रोहित थापा, विजयराज तिम्सिना, सपन आचार्य र सुशिल भण्डारी रहेका छन् ।

नगर प्रमुख बलदेवसिंह गोम्देनले उद्घाटन गर्ने उक्त मार्टले उद्घानको अवसरमा होम ग्लोरीका सामग्रीहरु खरिदमा ग्राहकहरुलाई एक हप्ता सम्म १० प्रतिशत छुटको व्यवस्था गरेको बताइएको छ । समितिका अध्यक्ष नेपालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन सचिव दाहालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *