September 26, 2026

कन्काई माविमा शैक्षिक गुणस्तरसम्बन्धी गोष्ठी

0

संगीता उप्रेती,
सुरुङ्गा ।

नमुना विद्यालयको रूपमा प्रस्तावित कन्काई माध्यमिक विद्यालय कनकाई नगरपालिका–३, सुरुङ्गामा ‘उत्कृष्ट विद्यालयका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष जनार्दन उप्रेती र कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेशनल प्रोग्राम सेन्टरका प्रमख सञ्चालक एवम् विद्यालयमा मनोविज्ञान कार्यक्रमका प्रमुख अभियानकर्ता डा. सुशिल कडेंल, कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव पीताम्बर गौतम, मोरङ बेलबारी नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव भूपेन्द्र कोइराला र वीरेन्द्र नमुना क्याम्पस भद्रपुरका शिक्षा संकाय प्रमुख प्रेमराज घिमिरेले विद्यालयमा गुणस्तर सुधारमा शिक्षक, प्रधानाध्यापक, अभिभावक, विद्यार्थी र शिक्षा अधिकारीहरूको भुमिका सम्बन्धमा प्रकाश पारेका थिए ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीले विद्यालयको वर्तमान अवस्था, चुनौति तथा भावी लक्ष्यहरू बारेमा प्रस्तुति राखेका थिए भने विद्यालयका पीटीए अध्यक्ष रमेश शेर्पाले ‘विद्यालय सुधारमा अभिभावकको भूमिका’ विषयमा आफ्नो विचार राखेका थिए ।

त्यस्तै, सो कार्यक्रममा नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत प्रअ कर्णबहादुर डाँगी, सप्रअ हरिप्रसाद तिम्सिना, लेखा प्रमुख चेतन रिजाल, शिक्षकहरू राधादेवी के.सी., लोकन्द्रराज दाहाल र युन्छोक कन्दङ्वालाई ल्यापटप वितरण गरिएको थियो । सो कार्यक्रममा नर्सरीमा अध्यापन गर्ने शिक्षक सुष्मा पाठकलाई ५ हजार नगदसहित प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

सल्लाहकार डिल्लीराम मैनाली, कनकाई नगर शिक्षा अधिकृत हरिप्रसाद मिश्र, स्रोत व्यक्ति मेदनीप्रसाद पाठक, वि. व्य. स. सदस्यहरु चन्द्रप्रसाद प्रसाई, बालकृष्ण नेपाल, क्रान्ति सुवेदी, लीला प्रसाई (संग्रौला), आमा समूहका संयोजक विनिता प्रसाईं, पीटीए सदस्यहरू, आमा समूहका सदस्यहरू, शिक्षक, कर्मचारी र विद्यार्थी क्लबका प्रतिनिधिहरू गरी १ सय बढीको सहभागिता रहेको कार्यक्रममा सल्लाहकार संयोजक गणेशप्रसाद पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।

शिक्षक प्रतिनिधि बल्लभकुमार गौतमले औचित्यसहित स्वागत मन्तव्य राखेको कार्यक्रम सहायक प्रधानाध्यापक तीर्थराज खरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *