झापामा चार पत्रकार चुनावी मैदानमा
झापा ।

स्थानीय तह निर्वाचनका लागि झापामा चार जना पत्रकारले उम्मेदवारी दर्ता गराएका छन् ।
गौरादह नगरपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल पौड्याल चुनावी मैदानमा उत्रिएका छन् । उनी स्टार एफएमका प्रबन्ध निर्देशक तथा मिडिया नेपालका केन्द्रीय अध्यक्ष हुन् ।
यता बिर्तामोड नगरपालिकाको उपप्रमुखमा तीर्थ सिग्देलले उम्मेदवारी दर्ता गराएका छन् । उनी नेकपा एकीकृत समाजवादी पार्टीबाट चुनाव लड्दैछन् । उनी अढाई दशकदेखि पत्रकारितामा छन् । सिग्देल नेपाल पत्रकार महासंघ झापा शाखाको सदस्य पनि हुन् ।
उता बुद्धशान्ति गाउँपालिका वडा नं. १को अध्यक्षमा अनिल वाग्लेले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेकोतर्फबाट उम्मेदवार बनेका उनी नेपाल पत्रकार महासंघ झापा शाखाको कार्य समिति सदस्य हुन् । उनी पूर्वेली साप्ताहिकमा आवद्ध छन् ।
त्यस्तै अर्जुनधारा–११को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टीबाट पत्रकार सुरज प्रधान चुनावी मैदानमा छन् । प्रधान केही बर्षदेखि पत्रकारितामा क्रियाशील थिए ।
