April 30, 2026

पत्रकार सापकोटा एमाले त्यागेर कांग्रेसमा

0

झापा ।

स्थानीय तहको निर्वाचन नजिकिएको बेला पत्रकार बिनोद सापकोटा नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

२५ वर्षदेखि झापा लगायत राष्ट्रिय सञ्चारमाध्यममा आवद्ध पत्रकार नेकपा एमालेको संगठित सदस्य थिए । पत्रकार सापकोटा एमाले निकट पत्रकारको प्रेस चौतारीका समेत सदस्य थिए । झापा शिवसताक्षी घर भएका पत्रकार सापकोटा नेकपा एमालेको ९औ अधिवेशन, प्रेस चौतारी झापाको गौरादहमा सम्पन्न जिल्ला अधिवेशनदेखि नै असन्तुष्ट थिए ।

विद्यार्थी जीवनबाट नै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी संगठनमा आबद्ध भएका सापकोटा २०६४ सालदेखि एमालेको संगठित सदस्य भई क्रियाशील थिए ।

आफूले यसअघि अंगालेको पार्टीमा विधि, पद्धति, प्रक्रिया, नीति र कानूनको पालना नभएको एवम् पार्टीभित्र ब्यक्तिवाद र गुट हावी हुन थालेपछि आफू विधि र पद्धतिको पक्षमा उभिँदै उक्त पार्टी परित्याग गरेको सापकोटाले बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नारायण प्रसाद बजगाँई, पर्शुराम ढुंगाना, नगर सभापति अशोक बस्नेतको प्रेरणा र नेपाली कांग्रेसको नीति, सिशद्धान्त र लोकतन्त्रप्रतिको इमान्दारिताबाट प्रभावित भएर नेपाली कांग्रेसमा प्रवेश गरेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *