April 30, 2026

सवारी दुर्घटनाबाट एक जनाको मृत्यु

0

मोरङ।

मोरङको बुढिगंगा गाउँपालिका–३ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७– च २२६६ नम्बरको कारले पूर्वबाट हाईवे तर्फ जाँदै गरेको मे २ प ६९५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँई दुर्घटना हुँदा मोटरसाईकल चालक बुढिगंगा–२ बगवनका ३० बर्षीय शोभा राजवंशी घाईते भएका थिए ।

घाईते भएका राजवंशीको उपचारको लागी बिराट मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

कार र चालक धनुषा जनकपुर–७ का २९ बर्षीय शैलेन्द्रप्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *