आगो निभाउने क्रममा एक जनाको मृत्यु
सोलुखुम्बु ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा आगो निबाउने क्रममा एक जनाको मृत्यु भएको छ ।
स्थानिय ७० बर्षीय जयराम सार्कीको आफ्नै बाँस झ्याङमा सल्केको आगो निभाउने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्किँदा घाईते भएका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ बिमानस्थल सुरक्षा गार्ड कांगेलको प्रहरी टोली खटिगई तत्काल उपचारको लागि धरान घोपा लादै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।
