April 30, 2026

लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

0

मोरङ ।

मोरङको रतुवामाई नगरपालिका(३ स्थित नेपाल भारत सिमा छेउबाट लागूऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ पथरीशनिस्चरे नगरपालिका–४ का ५३ बर्षीय खड्गबहादुर सिलवाल रहेका छन् ।

प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको बा ७६ प ४६९७ नम्बरको मोटरसाईकल चेकजाँचको क्रममा सिलवालको साथबाट ६ ८८ ग्राम ब्राउनसुगर बरामद गरी निजलाई नियन्त्रणमा लिईएको हो ।

ब्राउनसुगर सहित पक्राउ परेका सिलवानको सम्बन्धमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *