क्षमता विकास तथा महिला सशक्तिकरण तालिम
पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा क्षमता विकास तथा महिला सशक्तिकरण सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ ।
दक्षिणा रिसर्च एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा नगरमा सञ्चालित तालिम समापन कार्यक्रमा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले अब आउने स्थानीय निर्वाचनमा नेतृत्व लिन तयार हुने गरी सक्रियता बढाउनु आवश्यक रहेको बताउनु भएको छ ।
नगरका जनप्रतिनिधि महिला र मेलमिलाप केन्द्रका महिलाहरुका लागि आयोजित तालिममा अधिकारकर्मी शोभा बजगाईं, सुशीला सुवेदी, नगर सूचना सम्पादक भूपेन्द्रराज तिम्सिना, न्यायिक समितिका उजुरी प्रशासक विश्वमणि निरौलाले सहजीकरण गर्नुभएको थियो ।
