बलबहादुर र धनबहादुरले दिए आयुर्वेदिक संस्थालाई चार कठ्ठा जमिन
बिर्तामोड । 
कोरोना कहरमा आयुर्वेदिक औषधीले प्राथमिकता पाएसंगै मानिसमा आयुर्वेदिक स्वास्थ्य प्रति जनचासो बढी रहेका बेला झापाका दुई ब्यक्तिले आयुर्वेदिक स्वास्थ्य संस्थालाई लाखौं मुल्य बराबरको जग्गा दान दिएका छन् ।
झापाको झापा गाँउपालिका– ६ भृकुटीचोकका बलबहादुर र धनबहादुर भण्डारीले शरणमती आयुर्वेदिक स्वास्थ्य संस्थालाई चार कठ्ठा जग्गा प्रदान गरेका हुन् । उक्त जग्गा करिब ३९ लाख मुल्य बराबरको रहेको उनका छोरा गणेशकुमार भण्डारीले जानकारी दिए ।
सो स्थानमा आयुर्वेदिक स्वास्थय संस्था निर्माण गरिने बताइएको छ । संस्थाको नाममा जग्गा रजिस्ट्रेसन पास गरेर गाँउपालिकाका अध्यक्ष जय नारायण साहलाई धनीपुर्जा हस्तान्तरण गरिएको भबिन्द्र भण्डारीले जानकारी दिए ।
स्वास्थय संस्था निर्माण भएमा दक्षिणी झापाबासी लावान्भित हुने अपेक्षा गरिएको छ । पछिल्लो समय नागरिकमा आयुर्वेदिक स्वास्थय प्रतिको मोह बढ्दै गएको छ ।
