September 16, 2026

‘नियोक’को प्रदेश–१ संयोजकमा डा.कमल लिम्बू

0

बिर्तामोड ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति ‘नियोक’ को प्रदेश–१ को समिति पुर्नगठन भएको छ ।

स्थानीय तहाको निर्वाचन नजिकएिसंगै ‘नियोक’को समिति पुर्न गठन भएको हो । प्रदेश–१ का १४ जिल्लाका अध्यक्षहरुको सुनसरी स्थित धरानमा सम्पन्न भेलाले डाक्टर कमल लिम्बूको संयोजकत्वमा २० सदस्य समिति पुर्न गठन गरेको हो ।

समितिको उपाध्यक्षमा डा. रुपक खनाल, महासचिवमा खेम लोहनी, सचिवमा सुरेश घिमिरे र कोषध्यक्षमा लक्ष्मीकुमारी थेवे रहेका छन् ।

त्यस्तै सदस्यहरुमा शान्ता न्यौपाने, राधिका विक, महेन्द्र काफ्ले लगायत रहेका छन् । नियोकले निर्वाचनको पर्यवेक्षण गर्ने बताइएको छ । निर्वाचनको १५ दिन अघिबाट ‘नियोक’ले अनुगमन गर्ने र निर्वाचन सम्पन्न भएको एक सातापछि प्रतिवेदन पेस गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *