September 16, 2026

बन्द प्रभाव: झापाबाट तीनजना पक्राउ

0

प्रविण विद्रोही / झापा।

राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध सडकमा निरन्तर आन्दोलन गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितकाे ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले आह्वान गरेको बन्दका कारण झापाको जनजीवन प्रभावित बनेको छ।

आज बिहानैदेखि सडकमा बन्दकर्ताले टायर बालेर प्रदर्शन गरेका थिए भने बन्दका क्रममा विर्तामोडबाट ३ जना बन्दकर्ता पक्राउ परेकाे नेपाल कम्युनिस्ट पार्टी झापाले जानकारी दिएको छ।

पक्राउ पर्नेहरूमा बालकृष्ण , राजकुमार बस्नेत र  रविन राई रहेका छन्। सरकारले एमसिसी पास गरेपछि आन्दोलनले झनै उग्र रूप लिएको छ।

राजमार्गमा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने केही मात्रामा छाेटाे दूरीका सवारीसाधन चलेका छन्। बन्दका कारण लामो दूरीका यात्रुहरू अलपत्र परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *