इलाम झापा मैत्री समाजको चौथो बार्षिक सभा
झापा ।

इलाम झापा मैत्री समाज बिर्तामोड नगर समितिको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
झापाको धनुसकोटी धाममा भएको साधारण सभामा मैत्री समाजले गरेका बिभिन्न सामाजिक कार्यहरुको विषयमा जानकारी गराइएको थियो ।
इलाम झापा मैत्री समाज बिर्तामोडकी अध्यक्ष तिलोतमा खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक नरेश कर्मचार्य, पूर्व अध्यक्ष श्याम खड्गी, इलाम झापा मैत्री समाज जिल्ला समिति उपाध्यक्ष देविका बस्नेत, कोषाध्यक्ष गजेन्द्र पौडेल, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन –प्याव्सनकी जिल्ला सहसचिव इश्वरा श्रेष्ठ, बिर्तामोड ४ की वडा सदस्य कविता थापा लगायको आतिथ्यमा भएको कार्यक्रममा इलाम झापा मैत्री समाजले इलामेली नागरिकका लागि गरेका कामका विषयमा चर्चा गरिएको थियो ।

इलाममा जन्मिएर झापामा विभिन्न स्थानमा अस्थायी तथा स्थायी रुपमा बसोवास गर्नेहरुलाई संगठित गर्दै आफनो जन्मथलो प्रति उत्तरदायी बनाउने उद्देश्यले गठन भएको बताइएको छ ।

कार्यक्रममा समाजका हरेक गतिविधिमा सक्रियताका साथ काम गरेको भन्दै नरेश कर्मचार्य र सागर रिजाललाई सम्मान गरिएको थियो ।
औचित्य माथि प्रकाश पार्दै नगरकमिटी सचिव दिनेश भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सागर रिजाल धनन्जयले गरेका थिए ।
