September 20, 2026

‘दुर्घटना न्यूनीकरण गर्न सबै पक्ष जिम्वेवार बन्नु पर्छ’

0

झापा।

सवारी दुर्घटना न्यूनीकरण गर्न सबै पक्ष जिम्वेवार बन्नु पर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

दिन प्रतिदिन सवारी दुर्घटना बढ्दै गएपछि प्रदेश ट्राफिक प्रहरीले प्रदेश १ का १४ जिल्लामा ट्राफिक सप्ताह सञ्चालन गरेर दुर्घटना न्यूनीकरणको अभियान शुरु गरेको थियो । पुस ४ गतेबाट शुरु भएको अभियान १० गतेसम्म सञ्चालन भएको हो ।

सोमवार प्रदेश भर एकै साथ साता व्यापी कार्यक्रमको समिक्षा गर्दै ट्राफिक सप्ताह समापन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरक्षक निशेष चाापागाईले बताए । उनले दिन प्रतिदिन सवारीको संख्यामा बृद्धि हुनु, सडकको अवस्थामा सुधार नहुनु,ट्राफिक नियमको पालना नहुनु दुर्घटनाको मुख्य कारण भएको बताए ।

सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात व्यवसायी, यात्रु चालक , नागरिक सबै पक्ष जिम्वेवार बनेमा दुर्घटना बाट मृत्यु हुनेको संख्यामा कमी आउने उनको भनाई छ ।

पछिल्लो तीन वर्षमा प्रंदेश १ मा सवारी दुर्घटनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको पाइएको छ । आर्थिक जर्ष २०७५ /०७६ मा ३ सय १३, २०७६ /०७७ मा ३३२ र आर्थिक वर्ष २०७७/०७८ मा ४४४ जनाले सवारी दुर्घटनाकै कारण ज्यान गुमाएको प्रहरीको तथ्याङ्का उल्लेख गरिएको छ ।

दिन प्रतिदिन सचेतना मुलक कार्यक्रम सञ्चालन गरेपनि दुर्घटनामा कमी नआए पछि ट्राफिक प्रहरीले साता व्यापी कार्यक्रम नै सञ्चालन गरेको हो । ट्राफिक प्रहरीले पर्चा पम्प्लेट बितरण देखि सवारीको मेकानिकल चेक जाँच समेत गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले झापामा रहेका १८ वटै युनिटबाट साता व्यापी कार्यक्रम सञ्चालन गरेको प्हरी निरीक्षक चापागाईले बताए । सो अवधिमा ३ हजार ८ यस ४९ जनालाई मास्क समेत बितरण गरिएको थियो ।

ट्राफिक प्रहरीले ३० स्थानमा सडकका खाल्डाखुल्डी पुर्ने काम गरेको छ भने ३८ स्थानमा ट्राफिक संकेत वोर्ड रोखेको बताइएइको छ । ट्राफिक प्रहरीले ५७७ जना चालक र परिचालकलाई प्रशिक्षण दिएको छ भने २३१ वटा सवारी साधनको अनुगमन गरेको प्रहरी निरीक्षक चापाागाईले बताए ।

झापाका पाँच वटा स्थानबाट टाइमकार्ड लागू गर्नुका साथै २२४ जना चालकको स्वास्थ्य जाँच समेत गरेको प्रहरी निरीक्षक चापागाईले बताए । सवारी दुर्घटना न्यूनीकरण गर्न स्थानीय, प्रदेश र संघीय सरकारले सहयोग गर्नु पर्ने समापन कार्यक्रममा सहभागी सरोकारवालाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *