September 20, 2026

दुर्गा पञ्चायन सहकारीको नेतृत्व चयन

0

बिर्तामोड ।

बिर्तामोड–१ स्थित दुर्गा पञ्चायन बचत तथा ऋण सहकारी संस्था लि. को प्रारम्भिक साधारणसभा आगामी चार वर्षे कार्यकालका लागि नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

तदर्थ समितिका अध्यक्ष खड्गप्रसाद घिमिरेको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन प्रमुख अतिथि बिर्तामोड नगर सहकारी डिभिजन प्रमुख डिल्ली दाहालले गरेका थिए ।

अध्यक्ष घिमिरेले संस्था स्थापनादेखि हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा प्रमुख अतिथि दाहाल, अतिथिहरु प्रेमकुमार खरेल, देवेन्द्र हुमागाँई, करुण पराजुली लगायतले शुभकामना मन्तव्य राखेको संस्थाका सचिव भवानी प्रसाईंले जानकारी दिए ।

सभाको बन्दसत्रले संस्थाको प्रगति प्रतिवेदन अनुमोदन तथा पारित गर्नुका साथै सञ्चालक समितिको लेखा समिति सर्वसम्मतरुपमा चयन गरेको छ । संस्थाको अध्यक्षमा चन्द्रकुमार श्रेष्ठ चयन भएका छन् ।

उपाध्यक्षमा लवकुमार बस्नेत, सचिवमा भवानी प्रसाई, कोषाध्यक्षमा लक्ष्मी सन्यासी गिरी, सहकोषाध्यक्षमा उमा भट्टराई चयन भएका छन् । त्यस्तै सदस्यहरुमा लक्ष्मी दाहाल, भुवनकुमारी खड्का, आशा अधिकारी, मोती पन्धाक, भिष्मराज खरेल र महेन्द्रकुमार खरेल चयन भएका छन् ।

इश्वर लुइँटेलको संयोजकत्वमा गठित लेखा समितिमा डिल्लीमाया आचार्य र राम सिटौला सदस्य चयन भएका छन् । संस्थामा हाल सदस्य संख्या दुई सय ५१, शेयर सदस्य एक सय ८६ जना र बचत सदस्य तीन सय २८ जना रहेका छन् । १८ लाख ६० हजार रुपैयाँ शेयर पुँजी रहेको दुर्गा पञ्चायन सहकारीको कूल सम्पत्ति २८ लाख ८२ हजार छ सय २१ रुपैयाँ रहेको छ । संस्थाले २३ लाख रुपैयाँ बढी ऋण लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *