September 23, 2026

पथरीशनिश्चरेमा नेकपा एसको जिल्ला कमिटी मोरङको दोस्रो पुर्ण बैंठक

0

पथरीशनिश्चरे, नेपाल कम्यूनिष्ट पार्टी ९ एकीकृत समाजवादी ० को मोरङ्ग जिल्ला कमिटी दोस्रो पूर्ण बैंठक आज पथरीशनिश्चरेमा सम्पन्न भएको छ ।
पथरिशनिश्चरे नगरपालिकास्थित आज शनिबार बहुमुखी क्याम्पसको सभाहलमा जिल्ला कमिटी मोरङको अध्यक्ष चन्द्रवीर राईको अध्यक्षतामा भएको हो ।
पोलिट व्यूरो सदस्य तथा प्रदेश कमिटी अध्यक्ष वलदेव चौधरी प्रमुख अतिथि रहनु भएको बैठकमा ,पोलिट व्यूरो सदस्य तथा प्रदेश कमिटी सचिव महेश रेग्मी,पोलिट व्यूरो सदस्य हर्कमान तामाङ ,प्रदेश कमिटी सदस्य समेत रहेकी १ नं प्रदेश सांसद कृष्ण कुमारी राई , केन्द्रीय सदस्य विद्या चाम्लिङ ,१ नं प्रदेश सभा सदस्य उपेन्द्र घिमिरे, प्रदेश कमिटी सदस्यहरू क्रमशः मानप्रसाद लिम्बू ,कुमार चाम्लिङ ,
टंक भण्डारी ,दीपक बस्नेत , लोचन राई समेतको उपस्थिति रहेको थियो भने
पेसल न्यौपाने मोरङ जिल्ला कमिटी उपाध्यक्षद्वय चन्डीराज राई तथा उद्वव पोख्रेल , जिल्ला कमिटी मोरङको सचिव राजन केसी ,उप सचिव निलम ढुगेंल र ओसिम आलम , लगायतको उपस्थिति रहेको थियो।
मोरङ जिल्लाभरीका नगरकमिटी तथा गाउँ पालिका अन्तर्गतका विभिन्न कमिटी प्रमुख ले पार्टीको विस्तार र संगठानिक गतिविधि बारे ब्रिफिङ गरेका थिए । सोहि क्रममा पथरीशनिश्चरे नगर कमिटीका अध्यक्ष तुलसी ढकालले पार्टीको विस्तार र संगठानिक प्रगतिको समेत ब्रिफिङ गर्नु भएको थियो । साथै, आजै , ६ वटा निर्वाचन क्षेत्र , प्रदेश को निर्वाचन क्षेत्र १२ वटा र १७ वटा पालिकाका इन्चार्ज तथा सह ईन्चार्जहरू चयन गरी जिम्मेवारी प्रदान गरिने छ।
जसमा १ वटा महानगरपालिका, १७ वटा नगर तथा गाउँ पालिकाहरू रहेका छन् ।
सोहि बैठकले पार्टीलाई जन जनमा पुर्याउन जनमुखी तुल्याउन पार्टीपंक्ति र कार्यकर्तालाई सशक्त रूपमा अघि बढ्न समेत निर्देशन दिईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *