September 23, 2026

इक्यान झापाको दोस्रो बार्षिक साधारणसभा

0

बिर्तामोड ।

शिक्षा क्षेत्रको नीतिगत सुधार भएमा विदेशबाट पनि अध्ययनका लागि विद्यार्थी नेपाल आउने नेपाल शैक्षिक परामर्श संघ इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले बताएका छन् ।

नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको दोस्रो बार्षिक साधारणसभामा बोल्दै उनले शैक्षिक परामर्शदाताहरुले विश्वविद्यालयहरुसँग समन्वय र आवश्यक परामर्श दिन गरेको बताए । उनले इक्यान आफै शैक्षिक संस्था नभई शैक्षिक परामर्शदाता मात्र भएको उल्लेख गरे ।

योग्य विद्यार्थी उत्पादनका लागि इक्यानले विदेशमा रहेका शैक्षिक संस्थाहरुसँग समन्वय गरेर विद्यार्थीलाई अध्ययनका लागि विदेश जानका लागि परामर्श दिने गरेको उल्लेख गरे ।

त्यस्तै इक्यानका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले शैक्षिक परामर्शदाताहरु पछिल्लो समय उत्पन्न विश्वव्यापी कोरोना भाइरसका कारण समस्यामा परेको उल्लेख गरे । विद्यार्थीहरुले रोजेका विद्यालयमा अध्ययन गर्नका लागि जान चाहेमा इक्यानले परामर्श तथा आवश्यक सहयोग गर्ने गरेको उल्लेख गरे ।

इक्यान झापाका अध्यक्ष सुमन शर्मा जमरकट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा इक्यानका केन्द्रीय द्वितीय उपाध्यक्ष शेसराज भट्टराई, सचिव बाशुदेव दाहाल, पुष्पराज भट्टराई, आर्यन उप्रेती, खड्ग ताम्लिङ लिम्बू, धर्मेन्द्र भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

इक्यानको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ । इक्यान झापाका उपाध्यक्ष मिलन ओलीले स्वागत गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश अध्यक्ष जमरकट्टेलले पारेका थिए भने कार्यक्रमको सञ्चालन सचिव मदन बुढाथोकीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *