मोटरसाइकल दुर्घटना हुँदा एक मृत्यु दुई घाइते
झापा।

झापाको कचनकवल गाउँपालिका–२ स्थित सडक खण्डमा दुई ओटा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
मृत्यु हुनेमा झापा कचनकवल गाउँपालिका–४ का ४० वर्षीय शेषलाल राजबंशी रहेका छन् ।
डब्लु बी ७४ पी ९७१७ नम्वरको मोटरसाइकल र मे ४प ९५०० नम्वरको मोटरसाइकल ठक्कर खाँदाघाईते भएका सोहि स्थानका २७ वर्षीय शिवलाल माझी, ४४ बर्षिय सजन राजवंशी र ४० बर्षिय शेषलाल राजबंशीको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेकोमा शेषलालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइररहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
