मदरसा तामिमुल मदरसालाई ५१ हजार सहयोग
झापा । 
सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले बिर्तामोड–३स्थित मदरसा तामिमुल कुरानलाई ५१ हजार सहयोग गरेका छन् ।
सामाजिक अभियन्ता गिरीले मदरसा विद्यालयको जग्गा खरिदका लागि सो रकम सहयोग गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खानलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । मदरसा तालिमुल कुरानले मुस्लिम समुदायका बिद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको छ ।
सो विद्यालयका लागि बिर्तामोड–३को समावेशी टोलमा ८ कठ्ठा जग्गा खरिदका लागि बैना गरिसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खानले जानकारी दिए । स्थानीय कैलाश प्रसाईले १५ लाख बरावरको १२ धुर जग्गा दान दिएका छन् ।
