मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु
मोरङ ।

मोरङको ग्रामथान गाऊँपालिका गिदनिया ५ का ३० बर्षीय सन्तोष बिश्वासको करेन्ट लागेर मृत्यु भएको छ ।
ग्रामथान ५ लवारेमा रहेको कुखुरा फार्ममा खाने पानी भर्न मोटर जोड्ने क्रममा करेन्ट लागेर बोहोस भएका बिश्वासको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
