September 23, 2026

ट्याक्टर र्दुघटनामा चालकको मृत्यु, सहचालक घाईते

0

सोलु ।

सोलुखुम्बुको थुलुङदुधकोशी गाऊँपालिका–८ दिप्लीघाटमा लु ३ त ५४५० नम्बरको ट्याक्टर आफै दुर्घटना हुँदा चालकको घटनास्थलमानै मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक उदयपुर कटारीका २६ बर्षीय रमेश राउत रहेका छन् भने सहचालक खोटाङ ऐसेलुखर्क ३ का १८ बर्षीय प्रदिप दाहाल समेत घाईते भई स्थानिय स्वास्थ्ये केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

सल्लेरीबाट सोताङ तर्फ जाने क्रममा आफै अनियन्त्रित भई सडक देखि १० मिटर तल खसेर दुर्घटना भएको थियो । घटनास्थलमा प्रहरी चौकी मुक्ली र जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरी टोली खटीएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *