June 20, 2026

जगंली हात्तीको आक्रमणमा एक जनाको मृत्यु

0

सुनसरी ।

सुनसरीको कोशी गाऊँपालिका ४ खत्वे टोलका ५५ बर्षीय रामे खङ्ग खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

बिहीबार बिहान साढे ५ बजे खेती तर्फ जाने क्रममा कोशी वन्यजन्तु आरक्षबाट आएको एउटा जंगली हात्तीले घर नजिकै रहेको विपी मेमोरियल प्राथमिक विद्यालय नजिक आक्रमण गर्दा खत्वेको घटनास्थलमै मृत्यु भएको छ ।

घटनाको जानकारी पाएलगतै प्रहरी टोली खटि गई स्थानियबासीको सहयोगमा हात्तीलाई जंगल तर्फ लखेटिएको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली पुगेर अनुसन्धान शुरु गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *