June 20, 2026

बिर्तामोडका पुराना व्यवसायी दिनेश मल्लको निधन

0

बिर्तामोड।

बिर्तामोडका पुराना बासिन्दा एवम् सामाजिक व्यक्तित्व, व्यवसायी दिनेश मल्लको ७७ वर्षको उमेरमा निधन भएको छ ।

आइतबा राती १० बजे उनको निधन भएको पारिवारीका स्रोतले जनाएको छ । जिल्लामै पहिलो पटक गाई फार्म र कुखुरा फार्म खोल्ने बिर्तामोड–४ निवासी मल्लले बिर्तामोडमा धान मिल , बरफ फ्याक्ट्री संचालन गरेका थिए ।

लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष रहेका मल्ल लिटल फ्लावर्स इङलिस स्कूलका पनि संस्थापक सदस्य हुन् । त्यस्तै उनी पासा मुनः पुचःका संस्थापक हुन् ।

उनका दुई छोरा र एक छोरी छन् । जेठा छोरा सुदेश मल्ल बैंकमा कार्यरत छन् भने कान्छा छोरा सन्देश अबकास स्कूलका संचालक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *