June 20, 2026

सर्प संरक्षण र उद्धारमा दुई झापाली

0

बिनोद पाण्डे,
चारपाने।

झापा अर्जुनधारा–५, चारपानेका श्याम प्रधान र अर्जुनधारा–११का वीरेन्द्र तिवारी सर्प उद्धार गर्ने व्यक्तिको रुपमा झापामा परिचित हुँदै गएका छन् । प्रधान विगत ४ बर्ष र तिवारी २ बर्षदेखि सर्प समात्ने कार्यमा निरन्तर लागीरहेका छन् । उनीहरुले अहिले सम्म सयौं सर्प समातिसकेका छन् ।

प्राकृतिक स्थल, खोला, खेत जंगल लगायतका स्थानमा रहेको सर्प भने उनीहरु समाउँदैनन् । उनीहरुले मानव बस्ती, घरहरुमा देखिएका सर्प मात्र समाउने गरेका छन् । सर्प समाउनको लागि जिल्लाको विभिन्न ठाउँबाट फोन आउने वित्तिकै उनीहरु रात–साँझ नभनी सर्प समाउन पुग्ने गर्छन् ।

सर्पले मानव जातिकै हित गर्छ तरत्यही सर्पलाई मानव–सर्पको द्वन्द्व ठानेर मार्ने काम भइरहेको छ । त्यस्ता निर्दोष सर्पहरुलाई मर्नबाट बचाउन र मानव सर्पबीचको सकारात्मक सम्बन्ध उजागर गराउन, सर्पको जीवन बचाउने पुण्य र समाजसेवाको काम गर्दै आएको भनेर उनीहरुले गरेको कामप्रति सर्वसाधारणहरुले प्रशंसा गर्ने गरेका छन् ।

सर्प संरक्षण गर्ने कामको लागि उनीहरु कुनै निकायबाट परिचालित भएका भने होइनन् । उनीहरुले आफ्नै श्रोत साधन प्रयोग गरेर काम गर्दै आएका छन् । जुन काम सरकारी पक्षबाट गरिनुपथ्र्यो । यी दुई व्यक्तिले स्वतःस्फूर्त गरेको कामले सरकारलाई सर्प संरक्षणमा ध्यान दिन र योजना बनाउन सुझाव भने दिइरहेको छ ।

‘सर्प भन्ने वित्तिकै धेरैलाई डर लाग्छ, आफ्नो दुश्मन ठानेर सर्प मार्ने गरिएको छ । अहिले पनि धेरै ठाउँमा सर्प मार्ने काम भइरहेको छ । यस्तो कार्य गरिनु डर र अज्ञानताको कारणले हो’– भन्छन् सर्प संरक्षक प्रधान । वातावरणविद्का अनुसार विग्रदो वातावरणलाई जोगाउन सर्पको ठूलो भूमिका रहन्छ । सर्प भन्ने वित्तिकै सबै विषालु हँुदैनन् । ४ प्रतिशत विषालु सर्पले मात्रै मानिस र अन्य जन्तुलाई डस्ने गर्छ । त्यसमध्ये पनि ९७ प्रतिशत विषालु सर्पले मात्रै टोक्ने गरेको तथ्यांक रहेको छ ।

सर्पलाई संरक्षण गर्न सकियो भने मानव सभ्यतालाई नै फाइदा पु¥याउँछ । विषालु सर्पहरूको विष एण्टी स्नेक भेनम, मर्फिनभन्दा पनि प्रभावकारी पेन किलर हो । यो ब्रेस्ट क्यान्सर लगायतको रोगको लागि सञ्जीवनी बुटी जतिकै उपयोगी रहेको विज्ञहरुले बताएका छन् ।

‘सर्प बसोबास गर्ने क्षेत्रमा २७ प्रतिशतसम्म किराफट्यांग्रा नष्ट हुनाले यसले बाली–नालीमा किराको प्रकोप कम गर्छ, खेतमा मुसा लाग्न दिँदैन, यस कारण सर्प मार्नु पर्यावरण र मानवको लागि हानिकारिक हो । त्यसैलै सर्प नमारौं, सर्प हाम्रो शत्रु होइन, बरु हामी चाहिँ सर्पको शत्रु बन्ने हँुदा सर्पले आफू बाँच्नको लागि डस्ने’– गरेको सर्प संरक्षक प्रधानको भनाइ छ ।

शनिबार प्रधानको घरमा ५ वटा गोमन एउटा २० फिट लामो बच्चा अजिंगर संरक्षण गरेर राखिएको थियो । शनिबारै उक्त सर्प र अजिङ्गरलाई स्थानीय एक जंगलमा लगेर छाडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *