June 20, 2026

दुहागढीमा ‘दुले चोर’को बिगबिगी

0

दुहागढी ।

दुले चोरले हैरान पार्न थालेपछि मेचीनगर १४ दुहागढीका स्थानीयबासी चिन्तित बनेका छन् । वडाका विभिन्न टोलमा दैनिक जसो चोरीका घटना बढ्न थालेपछि स्थानीयबासी चिन्तित बनेका हुन ।

यसैक्रममा सोमबार राती मिलडाँडा टोलका राजेन्द्र गुरागाईंको घरमा ३० हजार नगद र १ थान नयाँ मोबाइल सेट चोरी भएको छ ।

सोही रात हाटखोला टोलकी तुलसा न्यौपानेको घरमा चोरहरुले चोरीको प्रयास गर्दा घर धनीले थाहा पाए पछि चोरहरु भागेको पिडितले बताएकी छन् ।

त्यसैगरी मिलडाँडा टोलका कामुन्दा बिर्जाको मोटर र मोबाइल सेट तिन साता अघि चोरी भएको थियो । वडाका अन्य टोलहरुमा सडक बत्तीको व्यवस्था भए पनि मिलडाँडा टोलमा वडाले सडक बत्तीको व्यवस्था नगरिदिंदा आफुहरु दुले चोरको पिडा भोग्दै अन्धकारमा बस्न बाध्य भएको टोलबासीहरुले गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *