June 17, 2026

२०५१ ब्याचका कनकाईका पूर्व विद्यार्थीद्वारा छात्रवृत्ति

0

सुरुङ्गा ।

भूतपुर्व विद्यार्थी समाज कनकाईको २०५१ सालको ब्याचका विद्यार्थीले कनकाई माध्यमिक विद्यालय सुरुङ्गाका कक्षा ६ देखि १० सम्मका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एक वर्षसम्मको छात्रवृत्ति प्रदान गरेका छन् ।

एसएलसी ब्याच २०५१ ले ५ जना विद्यार्थीहरुको एक वर्षसम्मको पठनपाठनसम्बन्धी सम्पूर्ण खर्च व्यहोरी दिएको एसएलसी ब्याज २०५१ का अध्यक्ष भूमिप्रसाद खरेलले जानकारी दिए । २०५१ को ब्याचबाट उनीहरुलाई छात्रवृति प्रदान गरिएको र यसलाई निरन्तता दिने सो ब्याचका सचिव गणेश संग्रौलाले बताए ।

उक्त ब्याचका विद्यार्थी संगठित भई कनकाई माविकै विद्यार्थी तथा विद्यालयको चौतर्फी विकासका लागि सहयोग पु¥याउने सोही ब्याचका कोषाध्यक्ष नेत्र भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *