June 17, 2026

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा मजदुरहरुलाई खोप उपलब्ध गराउन माग

0

बिर्तामोड ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ झापाले मजदुरहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ झापाका अध्यक्ष टंक भट्टराईले मजदुरहरुलाई उपेक्षा गरिएको बताए ।

उनले मजदुरहरुलाई विभेदपूर्ण ढंगले अन्याय गरिएको भन्दै यसतर्फ स्थानीय, प्रदेश र संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए ।

फ्रन्टलाइनमा काम गर्ने मजदुरहरु असुरक्षित हुँदा कोरोनाको जोखिम झनै बढ्नेतर्फ ध्यान दिन उनले आग्रह समेत गरेका छन् ।

कोरोना संक्रमणका कारण भएको बन्दाबन्दीका कारण समस्यामा परेका मजदुरहरुलाई कोरोनाको खोप उपलब्ध नगराएर झनै समस्यामा पार्ने काम भएको उनको भनाइ छ ।

महासंघले तुरुन्त कोभिड भ्याक्सिन उपलब्ध गराउन माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *