May 4, 2026

रुखबाट लडेर एक जनाको मृत्यु

0

भोजपुर।

भोजपुरको षडानन्द नगरपालिका–१० का ६९ बर्षीय हस्तबहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ ।

मंगलवार बिहान पौने १० बजेको समयमा घर नजिकै रहेको काब्राको रुखमा चढेर घाँस झार्ने क्रममा रुखबाट लडेर घाईते भएका राईलाई उपचारको लागी मनकामना अस्पताल तुम्लिङटार लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

मृतकको शव परिक्षणको लागी जिल्ला अस्पताल खाँदवारीमा पठाईएको छ भने अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *