May 4, 2026

मोटरसाईकलबाट लडेर एक जनाको मृत्यु

0

खोटाङ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ का ३० बर्षीय वीरबहादुर राईको मोटरसाईकलबाट लडेर मृत्यु भएको छ ।

नगरपालिकाले बितरण गर्ने राहतको लागी फारम भर्न नगरपालिकाको कार्यालयमा गएका राई सोही कार्यालयको प्राङगणमा रोकी राखेको मोटरसाईकल माथी बस्ने क्रममा अचानक मोटरसाईकलबाट लड्डा सोही मोटरसाईकलले छातीमा किच्दा उनको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान शुरु गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *