May 4, 2026

सवारी पाससम्बन्धी नयाँ व्यवस्था

0

काठमाण्डौ,

लकडाउनका बेला प्रयोग भइरहेको सात दिने पहेँलो रङको सवारी पास अब थपिएको लकडाउन अवधिभर मान्य हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाण्डौबाट विभिन्न मितिमा जारी भएको सात दिने लेखिएको पास अब थपिएको लकडाउन अवधिभर मान्य हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पासमा १ दिने, ३ दिने वा अन्यथा लेखिएका छन् भने अब त्यस्तो पासहरू भने आजबाट खारेज भएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार पास भएकालाई पनि विशेष निगरानी गरिने भएकाले अनावश्यक काममा गाडी चलाउन पाइंदैन । एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिनेमाथि पनि महाशाखाले विशेष निगरानी तथा जाँच गरि कारबाही गर्न थालेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *