July 7, 2026

लक्ष्मीपुरमा कटुवाल मार्केट

0

लक्ष्मीपुर।

कनकाई–८स्थित लक्ष्मीपुर चौकमा सुविधासम्पन्न कटुवाल सुपरमार्केट सञ्चालनमा आएको छ । २७ वटा सटर भएको सो मार्केट व्यवसायी एवम् समाजसेवी पदमवहादुर कटुवालले निर्माण गरेका हुन् ।

लक्ष्मीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बस्नेतले सो मार्केटको उद्घाटन गरेका थिए । कार्यक्रममा समाजसेवी तुलसादेवी कटुवाल, वडा नं. ८ का वडाध्यक्ष प्रेमबहादुर कटुवाल, हिमाली माविका प्रधानाध्यापक केशवप्रसाद ओझा लगायतले शुभकामना दिएका थिए ।

सो मार्केटको स्थापना भएपछि सडक पेटीमा अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएका सवै किसिमका व्यवसायहरु व्यवस्थित भएका छन् ।

बिगतमा सडक सीमाभित्र पर्ने कच्ची भवनमा संचालन हुँदै आएका फलफूल, तरकारी, माछामासु, कस्मेटिक, कपडा, गहना, किराना, होटल लगायतका पसल व्यवसायहरु सो मार्केटमा सञ्चालन हुन थालेको व्यवसायी कटुवालले वताए । बिजुली, पानी, ढल, शौचालय, पार्किङ लगायतका सुविधाहरु भएको सो मार्केटमा उपलव्ध अर्का सञ्चालक विकास कटुवालले वताए ।

एकीकृत रुपमा सडक किनारा तथा राजमार्गको सीमाभित्र सञ्चालन हुँदै आएका अस्तव्यस्त पसलहरु सुपरमार्केमा सञ्चालन हुने भएपछि सडकपेटीमा हुने दुर्घटना न्यूनीकरण हुने र किनवेच गर्ने ग्राहक तथा व्यवसायीहरु समेत सुरक्षित हुने भएकोले चोकवजारमा अतिक्रमित व्यवसाय व्यवस्थित हुँदा धेरै फाइदा हुने स्थानीयहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *