राज लिम्बूको ‘इलाम बजार’ गीत सार्वजनिक
काठमाडौं,
राज लिम्बूले आफ्नो पहिलो गीत ‘इलाम बजार’ सार्वजनिक गरेका छन्। सुनिल राईको संगीत रहेको गीतमा रोवार्ड सिप्थुन्खा राईको शब्द रचना छ।
ज्ञानु राईले खिचेको गीतलाई योगेश दाहालले सम्पादन गरेका छन्। बच्चैदेखि गायनमा रुचि राख्ने राज लिम्बूले अहिलेसम्म गाउने अवसर पाएका थिएनन्। वर्षौसम्म कतारको मरुभूमिमा पसिना बगाएका लिम्बूको नेपाली संगीत प्रतिको लगाव कहिल्यै पनि छुटेन।
मरुभूमिमा उनि नेपाली संगीतसँगै आफ्नो कर्म अगाडि बढाइरहेका थिए। अन्तत: पहिलो पटक आफ्नो स्वर रेकर्ड गराउन पाउँदा उनले बच्चैदेखिको सपना पूरा भएको बताए। ‘आज सपना पूरा भएको छ। आगामी दिनमा सपनालाई सार्थक बनाउन लागि पर्नेछु,’ उनले भने।
