October 12, 2026

बिर्तामोड।

आफ्ना दिवंगत छोराको स्मृतिमा प्रसाईं परिवारले गरामनीमा रहेकोे दुर्गा माविको प्राङ्गणमा एक मञ्चको निर्माण गरिदिएका छन् ।

शिवम् हाउजिङका सञ्चालक मनोज प्रसाईंका बुबा छबिलाल र आमा बिष्णुमाया प्रसाईंले आफ्नो दिवंगत जेठो छोरा मदनकुमार प्रसाईंको स्मृतिमा उक्त मञ्च निर्माण गरिदिएका हुन् ।
पाँच लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त मञ्च एक कार्यक्रमकाबीच बिद्यालयलाई हस्तान्तरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षता तथा प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक रामप्रसाद अधिकारीले गरेका थिए ।

सोही कार्यक्रममा बिद्यालयस्तरीय खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाइ पुरस्कार समेत वितरण गरिएको विद्यालयका शिक्षक धर्मेन्द्र मामाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *