October 11, 2026

४६८ को निःशुल्क स्वास्थ्य परीक्षण

0

बिर्तामोड।

कनकाई नगरपालिका तथा सहारा नेपालको संयुक्त आयोजनामा भएको महिलाहरुमा हुने प्रजनन् स्वास्थ्य सम्बन्धी शिविरमा चार सय ६८ जनाले महिलाले स्वास्थ्य परीक्षणसहितको स्क्रिनिङ सेवा लिएका छन् ।

जियर शैक्षिक संस्था नेपाल विकास तरङ्गिणी विराटनगरको प्राविधिक सहयोयमा सञ्चालन शिविरको व्यवस्थापन कनकाई नगरपालिका वडा नं. ८ ले गरेको कार्यपालिका सदस्य सुनिता खरेल सिग्देलले जानकारी दिइन् ।

कनपा वडा नं. ८ का अध्यक्ष प्रेमबहादुर कटुवालको अध्यक्षता तथा कनकाई नगरपालिकाकी उपमेयर मञ्जु प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य सिग्देलले गरेकी थिइन् ।

कार्यक्रममा जियर शैक्षिक संस्थाका युवराज धिताल, हिमाली माविका प्रध्यानाध्यापक केशवकुमार ओझा, लक्ष्मीनारायण मन्दिरका सचिव लक्ष्मी ढुङ्गाना, लक्ष्मीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बस्नेत, सहारा साकोसका भक्त खड्का लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *