June 17, 2026

रातो टीका निधारमा आजबाट प्रर्दशनमा

0

काठमाडौँ,

दुई दशकअगाडिको सुपरहिट फिल्म अल्लारेको सुपरहिट गीतबाट नामकरण गरी तयार पारिएको फिल्म रातो टीका निधारमा आज शुक्रबारदेखि देशभरबाट रिलिजमा आउने भएको छ। अभिनेता तथा निर्देशक अशोक शर्माले निर्देशन गरेको फिल्ममा रातो टीका निधारमा गीतलाई रिमेक गरी समावेश गरिएको छ।

उमेश पाण्डे र रमना श्रेष्ठले गाएको गीतको नयाँ भर्सन गायक प्रमोद खरेल र गायिका मेलिना राईले गाएका छन्। अल्लारेको रातो टीका निधारमामा राजेश हमाल र करिश्मा मानन्धरले नृत्य गरेका थिए भने नयाँ भर्सनमा अंकित शर्मा र साम्राज्ञीराज्यलक्ष्मीदेवी शाहले नृत्य गरेका छन्। नेपाल समाचारपत्रमा खबर छ ।

अंकितले यही फिल्मबाट नायकका रूपमा डेब्यु गरेका हुन्। निर्माता निर्देशक अशोक शर्मा पुत्र अंकित मलेसियाबाट फिल्म पढेर फर्केपछि यो फिल्मबाट नायक बनेका हुन्। नेपाल समाचारपत्रमा खबर छ । किरण शर्मा र कृति शर्माद्वारा निर्मित फिल्ममा अंकित र साम्राज्ञीको साथमा रवीन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्धि तामाङ, वसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरूणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको अभिनय गरेका छन्।

निर्देशक शर्माकै लेखन रहेको फिल्ममा शम्भुजित बास्कोटा र कल्याण सिंहको संगीत, वसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन र मित्र देव गुरुङको सम्पादन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *