May 1, 2026

‘ज्यानमाया’ लिएर आए लोकप्रिय गायक प्रमोद खरेल

0

“झुमा झुमा”को अत्याधिक सफलता पछि लोकप्रिय गायक प्रमोद खरेलले नयाँ गीत “ज्यानमाया” बजारमा ल्याएकाछन्।

दसैंको पुर्वसन्ध्यामा म्युजिक भिडियो सहित सार्वजनिक गरिएको “ज्यानमाया”ले दसैंको माहोललाई रमाइलो र बिशेष बनाउने विश्वास गायक खरेलको छ। लोकाधुनिक शैलीको यो गीत उनका अघिल्ला गीतहरू जस्तै नाच्ने नचाउने डान्सिङ प्याटर्नको गीत हो।

चाडबाडमा नाच्ने गाउने माहोल हुने भएकोले यस्ता गीतहरूको माग बढी हुने रियालिटी सो “द भ्वाइस” का कोच समेत रहेका गायक खरेल बताउँछन्।नृपेश उप्रेतीको शब्द र संगीत रहेको “ज्यानमाया”लाई संगीत संयोजन पुरुषोत्तम सुबेदीले गरेका हुन्।

म्युजिक भिडियोमा अन्जली अधिकारी प्रमोदकी “ज्यानमाया” बनेकीछ्न् । पछिल्लो समय अन्जलीको चर्चा “गलबन्दी” गीतका कारण निकै चुलिएको छ। यो गीतको म्युजिक भिडियोमा हिमांंशु कार्कीले पनि अभिनय गरेका छन्। उनी टिकटक स्टार हुन्।

प्रबिन थापाको निर्देशनमा बनेको “ज्यानमाया”को म्युजिक भिडियोलाई बासु बरालको छायांकन गरेका हुन् भने शक्ति प्रज्वल घिमिरेले सम्पादन र कलरिङ।खुशी इन्टरटेनमेन्टको प्रस्तुति “ज्यानमाया” ह्वाइट मिडियाले निर्माण तथा उत्पादन गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *