September 16, 2026

अन्तरमावि फुटबल प्रतियागिताको उपाधि गणेश माविलाई

0

शान्तिनगर ।

झापाको बुद्धशान्ति गाँउपालिकामा सम्पन्न अन्तर मावि फुटबल प्रतियोगिताको उपाधि गणेश माविले उचालेको छ । सिर्जनशिल बाल क्लब गणेश मा.वि.ले आयोजना गरेको साविक शान्तिनगर गा.वि.स. भित्र रहेका ८ वटा मावि बिच भएको अन्तर मावि फुटबलको उपाधि भिडन्तमा आदर्श मावि बुद्धशान्ति ६ लाई ट्राइबेकरमा पराजित गर्दै उपाधि उचाल्न सफल भएको हो ।

गणेश मा.वि. को प्राङ्गणमा भएको उपाधि भिडन्तको निर्धारित समयसम्म १।१ को बराबर भएपछि विजेताको घोषणा ट्राइबेकरबाट लिइएको हो । ट्राइबेकरमा गणेश मा.वि.ले आदर्श मा.वि.लाई ४।३ ले पराजित गरेको शिक्षक गंगाराम राईले जानकारी दिए ।
विजेता तथा उपविजेता टिमलाई फुटबल प्रतियोगिताका प्रमुख अतिथि बुद्धशान्ति ४ का वडाध्यक्ष बुद्धिमान जवेगु लिम्बु लगायत अतिथिहरुले पुरस्कार सहित सम्मान गरेका थिए ।

मुनामदन एकाडेमी बुद्धशान्ति १ बर्नेका चेतन ढुङ्गेल, इभर ग्रीन अंग्रेजी विद्यालयका तिलक पाख्रिन र वडाध्यक्ष लिम्बुले मन्तव्य राख्दै खेलकुदले मानिसलाई अनुशासित बनाउने भन्दै अनुसासित समाज निर्माण र स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको बताए । वडाध्यक्ष लिम्बुले गाँउपालिकाले खेलकुदको विकासलाई विशेष जोड दिएको र वडाकार्यलय पनि साथ र सहयोगको लागि तयार रहेको बताए ।

सिर्जनशिल बाल क्लबकि अध्यक्ष सुमित्रा रायको सभापतित्वमा भएको कार्यक्रममा शान्ति आदर्श मा.वि.का प्र.अ. अनिल खतिवडा, गणेश मा.वि.का प्र.अ. डिल्लीराम खतिवडा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर साँवा, पिटिए अध्यक्ष देवी प्रसाद खवास, समाजसेवी सेर बहादुर राय र इन्द्र अधिकारीको आतिथ्यता रहेको थियो ।

बाल क्लबकि निबर्तमान अध्यक्ष सनिजा लिम्बुले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक आनन्द कोइरालाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *