बिर्तामोडमा छठ महिला मञ्च गठन
बिर्तामोड,

सामाजिक क्षेत्रमा क्रियाशील बिर्तामोडको श्री छठ समाज सेवा समितिको भ्रातृ संस्था श्री छठ महिला मञ्च गठन भएको छ ।
छठ समाजको भ्रातृ संस्थाको रुपमा पहिलो पटक महिला मञ्च गठन गरिएको मञ्चकी महासचिव निसा सोनी कर्णले बताइन् । हेमलता चौधरीको अध्यक्षतामा भदौ २३ गते मञ्च गठन भएको हो ।
मञ्चको उपाध्यक्षमा क्रमशः निशा गुप्ता, संगीता साह र अनिता गुप्ता रहेका छन् भने महासचिव, सचिव र सहसचिवमा निशा सोनी कर्ण, मेनुका साह र पुनम चौधरी छन् । कञ्चन साह र मेनुका महतो कोषाध्यक्ष र सहकोषाध्यक्षको जिम्मेवारीमा छन् ।
महिला मञ्चको सदस्यमा पिंकी साह, पुजा साह, जुली साह, पिंकी चौधरी, राधा श्राफ, प्रतिमा तिवारी, कविता शर्मा, सिशम साह, मिरा सोनी र पिंकी शर्मा रहेका छन् ।
छठ समाज सेवा समितिका अध्यक्ष घनश्याम चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समितिका पदाधिकारीहरु प्रेमचन्द्र चौधरी, देवेन्द्र सिंह, रामेश्वर द्रिवेदी, मनोज रौनियार, शत्रुघन रौनियार, बरुण चौधरी र युवा मञ्चका बरिष्ठ उपाध्यक्ष दिपक साहले शुभकामना मन्तव्य राखेका थिए ।
भेलाले मिना चौधरी, इन्द्रावतीदेवी साह, अनिता चौधरी, चन्द्रमुखी चौधरी, आशा श्राफ र प्रमिला साह सदस्य रहेको सल्लाहकार समिति समेत गठन गरिएको महासचिव सोनी कर्णले बताइन् ।

नवगठित महिला समिति लाइ सफल कार्यकालका लागी शुभकामना।।