May 5, 2026

माँ लक्ष्मीको ११औं सभा

0

बिर्तामोड।

झापाको बिर्तामोड–४ स्थित माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको ११औं साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष देवेन्द्रकुमार सिंहले स्वागत गरेका थिए ।

कार्यक्रममा शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र राउत, पातालगंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेवती खनाल, गौरवशाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लवकुमार चौधरी, चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, पत्रकार राजेन्द्र गौतम, संस्थाका संस्थापक अध्यक्ष धर्मराज माझी, पूर्व अध्यक्ष रामप्रित शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा उत्कृष्ठ बचतकर्ता मीरा कार्की, उत्कृष्ठ उद्यमी ऋणि विनोद राजवंशी, उत्कृष्ठ कर्मचारी सरस्वती राजवंशी, पत्रकार राजेन्द्र गौतम, एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीमध्ये विशाल साह, गंगा मेचे, ज्येष्ठ महिला सदस्य उषा दास, उत्कृष्ठ शेयर सदस्य महेन्द्रप्रसाद गुप्तालाई सम्मान एवम् पुरस्कृति गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष चौधरीले वार्षिक प्रतिवेदन पेश गरेका थिए । संस्थाको शेयर सदस्य एक हजार आठ सय ५७, शेयर पुँजी एक करोड ६५ लाख छ हजार दुई सय, निक्षेप संकलन ४६ लाख करोड ६० लाख ४१ हजार दुई सय ६३, निक्षेप फिर्ता ४४ करोड ६३ लाख ३३ हजार तीन सय ३२, कर्जा लगानी आठ करोड ३१ लाख ५० हजार एक सय १३, कर्जा असुली सात करोड ८४ लाख ६१ हजार पाँच सय ६६ रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा लेखा समितिका संयोजक रमेशकुमार खतिवडाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव सञ्जयकुमार शर्माले गरेको व्यवस्थापक दिपक साफीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *