May 5, 2026

अष्ट्रेलिया जानेलाई एक्सपर्टको परामर्श

0

बिर्तामोड।

उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस बिर्तामोड शाखाले शैक्षिक परामर्श प्रदान गरेको छ ।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले बिर्तामोडमा अष्ट्रेलियन एजुकेशन सेमिनार आयोजना गरेर अष्ट्रेलियाका सातवटा विभिन्न युनिभर्सिटी र कलेजका प्रतिनिधिहरुद्वारा शैक्षिक परामर्श प्रदान गरेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसका बिर्तामोड शाखा प्रबन्धक कृष्ण खतिवडाले जानकारी दिए ।

सेमिनारमा अष्ट्रेलियाका साउर्दन क्रस युनिभर्सिटी, टोरेन्स युनिभर्सिटी अष्ट्रेलिया, होम्स इन्स्टिच्युट, टेफ कलेज, बक्सहिल इन्स्टिच्युट, ब्राइटन कलेज, क्यूआइबिए कलेजका प्रतिनिधिहरुले उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई आफूले पढ्न चाहेको युनिभर्सिटी, कलेज, विषय, शुल्क, अध्ययन सकेपछिको करियर लगायतका बारेमा जानकारी दिएका थिए ।

त्यस्तै उनीहरुले नेपाली विद्यार्थीहरुको शैक्षिक योग्यता, आर्थिक क्षमता, व्यक्तिगत रुचि लगायतलाई ध्यानमा राखेर अध्ययनका उपयुक्त विकल्पहरु, नेपाली विद्यार्थीहरुका लागि घोषणा गरिएका स्कलरसीप लगायतका बारेमा सेमिनारमा सहभागी विद्यार्थीहरुलाई जानकारी दिएका थिए ।

सेमिनारमा सहभागी उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुले आफ्नो रुचिको विषय, आफूले अध्ययन गर्न लागेको शैक्षिक संस्था, जान मन लागेको स्थानबारे जानकारी लिएका थिए ।

त्यस्तै एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस अष्ट्रेलियाका पर्थ शाखा प्रमुख समाज भण्डारी र कन्ट्री म्यानेजर शरदराज पाठकलगायतले उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलियाको विद्यार्थी जीवन, त्यहाँका अवसर र चुनौति, अध्ययन सकेपछिको करियर, त्यहाँको नीतिमा भएका परिवर्तन लगायतका बारेमा जानकारी दिएका थिए ।

सेमिनारमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसका बिर्तामोड शाखा प्रबन्धक कृष्ण खतिवडाले अष्ट्रेलिया गुणस्तरीय शिक्षाको लागि विश्वभर प्रख्यात मुलुक भएकाले गुणस्तरीय शिक्षाका लागि अष्टे«लिया नेपालीे विद्यार्थीहरुको गन्तव्य बन्दै गएको बताए ।

उनले डेढ दशकभन्दा बढी समयदेखि अष्ट्रेलिया केन्द्रित शैक्षिक परामर्शको सेवा प्रदान गरिरहेको बताउँदै यस अवधिमा विश्वका विभिन्न देशहरुबाट करिब ५० हजार विद्यार्थीलाई अष्ट्रेलिया अध्ययनका लागि जाने सेवा प्रदान गरिसकेको बताए ।

उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया अध्ययनका लागि पठाउने मात्र होइन, उनीहरुको अध्ययन पश्चातको करियरको योजना बनाउन पनि केन्द्रित रहने बताउँदै बिर्तामोड शाखा प्रबन्धक खतिवडाले एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसलाई विश्वास गरेकै कारण अष्ट्रेलियाका अधिकांश विश्वविद्यालय तथा कलेजहरुबाट गुणस्तरीय सेवाका लागि अवार्डहरु प्राप्त गरेको बताए ।

नेपालको पूर्व बिर्तामोडदेखि पश्चिमको धनगढीसम्मका १६ वटा र अष्ट्रेलियाका प्रमुख आठ वटा शहरमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसका कार्यालयहरु रहेको बताउँदै उनले दक्ष शैक्षिक परामर्शदाता, माइग्रेसन एजेन्ट लगायतले विद्यार्थीहरुलाई विश्वसनिय र गुणस्तरीय सेवा प्रदान गरिरहेको बताए ।

क्यानडा जान चाहने विद्यार्थीहरुका लागि पनि परामर्श सेवा शुरु गरेको बताउँदै उनले सेमिनारमा उच्च शिक्षा अध्ययन गर्न क्यानडा जाने विद्यार्थीहरुलाई क्यानडा अध्ययनबारे परामर्श दिएको बताए ।

सेमिनारमा एक सय ५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको र उनीहरुले आइटी, इञ्जिनियरिङ, नर्सिङ, एकाउन्टीङ लगायतका बिषयहरुबारे जानकारी लिएको बिर्तामोड शाखा प्रबन्धक खतिवडाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *