September 20, 2026

मेडिकल अधिकृत डा.यादवको निधन

0

अर्जुनधारा।

शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रकी मेडिकल अधिकृत डा.सुशिलाकुमारी यादवको २८ वर्षको उमेरमा शनिबार निधन भएको छ ।

विगत ३ वर्षदेखि आन्द्रासम्बन्धी क्यानसरबाट पीडित उनको राती १० बजे बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा निधन भएको परिवारलाई उद्धरीत गर्दै स्वास्थ्यकर्मी डम्बरुबल्लभ मिश्रले बताए ।

डा. यादवको पार्थिव शरीरको आइतबार कनकाई नदी तटमा अन्त्येष्टी गरिने बताइएको छ । त्यसैगरी अर्जुनधारा नगर कार्यपालिकाको बैठक पश्चात् जारी भएको पत्रमा डा. यादवको निधन प्रति शोक व्यक्त गर्दै नगरकार्यपालिका कार्यालय, कार्यालय अन्र्तगतका विषयगत शाखाहरु, वडा कार्यालयहरु, स्वास्थ्य चौकी अर्जुनधारा, सामुदायिक स्वास्थ्य इकाईहरु, शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्र र खुदुनावारी प्राथमिक स्वास्थ्य केन्द्रको कार्यालय आइतबार बन्द हुने उल्लेख गरिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र शनिश्चरेको इमरजेन्सी सेवा र प्राथमिक स्वास्थ्य केन्द्र खुदुनावारीको बर्थिङ सेन्टर भने सञ्चालन हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *