September 20, 2026

लागुऔषधसहित तीन पक्राउ

0

लहान ।

प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टीबाट तीन युवालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले हिजो साँझ बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित सिरहाको लहान नगरपालिका–२ निवासी ३१ वर्षीय सञ्जयकुमार महतो, लहान गरपालिका–८ निवासी २१ वर्षीय राजेश राय र लहान नगरपालिका– ७ निवासी ३४ वर्षीय रबि भुजेललाई पक्राउ गरेको हो ।

भारतीय बजारतर्फबाट को३८प ३८९६ नंको स्कुटीमा सवार तीनै जनामाथि शङ्का लागेर जाँच गर्दा स्कुटी चालक महतोको साथबाट लागुऔषध नाइट्रोसन ट्याब्लेट १० बरामद भएपछि तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *