April 29, 2026

भुजेल समाज युएईको सातौं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न 

0
सुर्य खवास/ युएई,
रोजगारीको शिलशिलामा युएईमा श्रमशिल भुजेलहरुको साझा संस्था प्रवासी भुजेल समाज सेवा समिती युएईको सातौ स्थापना दिवस तथा भुजेल जातिको मौलिक पर्व उभौली पर्व विविध संस्कृतिक कार्यक्रमका साथ हिजो ७ जुन शुक्रवारका दिन दुबई स्थित सिल्भर स्पुन रेष्टुरेन्टमा सम्पन्न भयो ।
प्रवासबाटै भएपनि आफ्नो जातिको भाषा, सस्कार, सास्कृतिको जग्रेना एवं आफ्नो जातिको समग्र बिकासमा योगदान पुर्‍याउने उदेश्यले स्थापित भुजेल जातिको छाता संस्था प्रावासी भुजेल समाज सेवा समिति युएईले विभिन्न समयमा आफ्नो जातिको विषयमा सचेतना कार्यक्रम गर्दै आएको छ । यसै शिलशिलामा भुजेल जातिको मौलिक पर्वका उभौलिको अवसरमा विधिवत रुपले पुजा गर्दै उभौली पर्व मनाएको हो । 
नेपाल आदिवासी जनजाती महासंघ युएईका कार्यसमिती सदस्य राजु गुरुङको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रम राष्ट्रिय गानबाट शुरूवात गरिएको थियो भने प्राकृति पुजक भुजेल जातिले मौलिक पर्वमा सुर्य, वायु, जल, जमिन र जंगलको उपसना गर्दै विधिवत रुपले पुजा गरिएको थियो ।
पुजामा पुजारामेको भुमिका समाजका द्वितीय उपाध्यक्ष तुल बहादुर घर्तिले निर्वाह गर्नु भएको थियो । समाजका प्रथम उपाध्यक्ष रन्जन भुजेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य सचिव सुरिन भुजेलले राख्नु भएको थियो ।
कार्यक्रममा विशेष अतिथि समाजका सल्लाहकार एवं निवर्तमान अध्यक्ष यम घर्ती अन्य तिधीथिहरु नेवा: पुच: युएईका महासचिव एवं नेफिन युएइका सचिव कुमार बलामी, तामाङ समाज युएईका अध्यक्ष महेस तामाङ, नेपाल मगर संघ युएईका अध्यक्ष टंक थापा मगर, तमु समाज युएईकि अध्यक्ष उषा तमु, थारु कल्याणकारी सभा युएईका उपाध्यक्ष बासुदेब चौधरी, समाजका सल्लाहकार द्वय महेश भुजल तथा दिलिप जिटि रहनु भएको थियो।
कार्यक्रमको दोश्रो चरणमा युएईमा कार्यरत कलाकारहरु एजिला भुजेल, दुर्गा भुजेल, पुस्पा, रमेश भुजेल, बसन्ती जिएम, अन्जना थापा, धड्कन , युबाराज भुजेल, मिनबहादुर भुजेलको दमदार प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रम समाजका महासचिव मिन बहादुर भुजेल ले सन्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *