September 15, 2026

सिलगढीमा २४ किलो सुनसहित छ जना पक्राउ

0

       झापा, भारतको पश्चिम बंगालस्थित सिलगुढीमा २४ किलो सुनसहित छ जना पक्राउ परेका छन्। पक्राउ…

झापा,

भारतको पश्चिम बंगालस्थित सिलगुढीमा २४ किलो सुनसहित छ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत मणिपुर इम्फाल निवासी २२ वर्षीय मोहम्मद नुमन, सोही ठाउँका २४ वर्षीय मोहम्मद लुकमान, २९ वर्षीय हफीज मिसबाहुद्दीन, ४१ वर्षीय मोहम्मद जमील अहमद, २७ वर्षीय मोहम्मद दाउद अहमद र २८ बर्षीय मोहम्मद वसीम खान रहेको पश्चिम बंगाल प्रहरीले जानकारी दिएको छ।

नेपालको काकँडभिट्टा बोर्डरदेखि सिलगुढीको दुरी २८ किलोमिटर रहेको छ। डाइरेक्टर अफ रिवेन्यू इन्टलेजिन्स (डिआरआई) को टोलीले गोप्य सूचनाको आधारमा सोमबार राति सिलीगुढ़ी बद्र्धमान रोडस्थित विशाल मेघा मार्ट नजिकै तीन वटा बसबाट उनीहरूलाई २४ किलो सुनसहित पक्राउ गरेको पश्चिम बंगालले पुलिसले जानकारी दिएको हो।

बरामद गरिएको सुनमा २० वटा एक/एक किलो र २५ वटा ४.१२५ किलोग्रामको विस्कुट रहेको छ। जसको भारतीय मूल्य ८ करोड बढी भएको बताइएको छ।

भारतीय प्रहरीका अनुसार म्यानमारको मोरे बोर्डरबाट भारत भित्राइएको सुन उनीहरूले भारतको मणिपुरदेखि गुहाटी हुँदै कुचिविहार, जलपाईगुढी हुँदै सिलीगुढ़ीसम्म ल्याइ पुर्‍याएका हुन्।

सिलगुढीबाट उनीहरूले सुन नेपाल पुर्‍याउने कि भारतीय बजारमै खपत गर्ने त्यस विषयमा अनुसन्धान भइरहेको पश्चिम बंगालले प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका ६ जनालाई सुनससहित सिलगुढी अदालतमा पेश गरिसकेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *